काठमाडौं । महिला तथा युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरूको प्रयोग प्रवर्द्धनका लागि नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका थिए।
दुई संस्थाबीचको यो सम्झौताले वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरूमार्फत महिलाहरूलाई पर्यटन उद्यममा ल्याउने तथा डिजिटल माध्यमहरुको प्रवद्र्धन गर्ने उद्देश्य यस सम्झौताले लिएको नबिलद्वारा जारी विज्ञप्तिमा उल्लेछ छ।
सम्झौता कार्यक्रममा बोल्दै नबिलका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले यस किसिमको सहकार्य महिला व्यवसायीलाई डिजिटल बैंकिंङ सेवामा ल्याउन दिगो विकास गर्नमा महत्वपूर्ण र कोसेढुंगा साबित हुने बताए।
त्यस्तै, कार्यक्रममा टेवानकी अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिदै महिला व्यवसायीको प्रवर्धनमा बैंकसंग हातेमालो गर्दै अघि बढ्ने बताइन्।