23.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा निःशुल्क दन्त शिविर

सम्बन्धित खबर

काठमाडौं । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ । विश्व मुख स्वास्थ्य दिवस ९ओरल हेल्थ डे० को अवसर पारेर भोलि आईतबार शिविर आयोजना गरिएको हो ।

शिविर अस्पतालको दन्त रोग भवनमा नै हुनेछ । डेण्टल विभागका डा. सफलढुंगेलका अनुसार बिहान ९ बजेबाट साँझ ५ बजेसम्म शिविर संचालन गरिने छ ।

शिविरमा ओपिडि टिकट, दाँत निकाल्ने, दाँतको सामान्य भराई, परामर्श निःशुल्क दिईने छ भने अन्य सेवाहरुमा १० प्रतिशतको छुटको व्यवस्था रहेको डा. ढुंगेलले जानकारी दिए ।

अस्पतालले विभिन्न अवसरमा अस्पताल तथा समुदायमा पुगेर शिविरहरु संचालन गर्दै आएको छ । दिवसको अवसरमा आईतबार बिहान जनचेतनामूलक र्याली समेत आयोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष