spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

बेष्ट फाइनान्सको २५औं बार्षिक साधारण सभा सम्पन्न

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५औं बार्षिक साधारण सभा आज चैत्र ४ गते शूक्रवार सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक बर्ष २०७७–२०७८ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आर्थिक बर्ष २०७८–२०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव समेत पारित गरेको छ ।

सभामा शेयरधनी महानूभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाका मूख्य लगानीकतार्, एनआरएनका सचिव राजेन्द्र कुमार शर्मा, एशिया प्याशिफिक क्षेत्रका संयोजक रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले बोलेका थिए । कार्यक्रम संस्थाका कम्पनी सचिव राजसून्दर श्रेष्ठले संचालन गरेका थिए ।

आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिदचोकमा १५औं शाखा विस्तार गरेको यस फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरी सहित अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेकोे बताइएको छ ।

वेष्ट फाईनान्स कम्पनी लिमिटेडले पछिल्लो बर्षमा उल्लेख्य वित्तिय विवरण सुधार गर्दै आफनो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ सेवा उपलब्ध गराउँदै आएको छ । घरमै बसि अनलाईन मार्फत सहज तथा सरल तवरले खाता संचांलनको नंया सुविधा समेत संस्थाले हालसालै संचालनमा ल्याएको प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग