spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

नेपालमा विदेशी बैंकको शाखा खोल्न २ करोड अमेरिकी डलर पूँजी हुनुपर्ने

spot_img

-

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी बैंकले नेपालमा शाखा खोल्नको लागि २ करोड अमेरिकी डलर पूँजी हुनुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार विदेशी बैंक शाखा इजाजत नीति २०२२ जारी गर्दै २ करोड अमेरिकी डलर चुक्ता पूँजी तोकेको हो ।

नेपालमा शाखा कार्यालय सञ्चालन गर्न चाहने विदेशी बैंक वा वित्तीय संस्थाले अनिवार्य नेपाल राष्ट्र बैंकको अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने भएको छ ।

‘इन्भेष्टमेन्ट ग्रेड’ को अन्तर्राष्ट्रिय रेटिङ पाएको विदेशी बैंकले मात्रै नेपालमा शाखा खोल्न पाउछन्। साथै नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकले केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दिनुपर्नेछ भने सम्बन्धित देशको केन्द्रीय बैंकबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको हुनुपर्नेछ ।

नेपालमा निवेदन दिँदा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत अर्थात १० लाख अमेरिकी डलर डिपोजिट गरेको सक्कल भौचर पनि संलग्न गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी अन्तिम स्वीकृति पाउनु अगाडि बाँकी चुक्ता पुँजीको ९५ प्रतिशत भने बैंक ग्यारेन्टी अथवा नगदमै राष्ट्र बैंकमा दाखिला गरे पनि मान्य हुने जनाएको छ ।

विदेशी बैकको नेपालमा सञ्चालित शाखाले एक कर्पोरेट अफिसबाट कम्तिमा १० करोड रुपैयाँ मुद्दती निक्षेपको रुपमा स्वीकार गर्नुपर्ने र सर्टिफिकेट अफ डिपोजिट (सीडी) को रुपमा पनि १० करोड रुपैयाँ नै स्वीकार गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग