Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

नेशनल लाइफको संचालकमा ५ जना निर्वाचित

भर्खरै

काठमाडौं । नेशनल लाइफ इस्न्योरेन्स कम्पनीको संचालकमा ५ जना निर्वाचित भएका छन् । कम्पनीको ३३ औं वार्षिक साधारण सभाबाट ५ जना संचलक निर्वाचित भएका हुन् ।

कम्पनीको फागुन २९ गते आइतबार सम्पन्न साधारण सभाबाट संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना संचालक निर्वाचित भएका हुन् । संस्थापक समूह र ‘क’ समूहबाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका हुन् । त्यस्तै, सर्वसाधारण ‘ख’ समूहबाट भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका हुन् ।

साथै कम्पनीको ३३ औं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६–०७७ को लागि नाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष