spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

एनबि बैंक एक्विजिसन गर्न नबिल बैंकलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

spot_img

-

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आज सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ ।

हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्ब रुपैयाँ पुग्नेछ ।

पौष मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्ब रुपैयाँ भन्दा बढी र एनबी बैंकसँग १४ अर्ब रुपैयाँ भन्दा बढी प्राथमिक पूँजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पूँजी ४४ अर्ब भन्दा बढी पुग्नेछ ।

राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ । ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड रुपैयाँ भन्दा बढी तथा एनबी बैंकको ८१ करोड रुपैयाँभन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढी कायम हुनेछ ।

एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब रुपैयाँ र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब रुपैयाँ कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग