spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

कामना सेवा विकास बैंकद्वारा नेपाल पे क्युआरको सुरुवात

spot_img

-

काठमाडौं। कामना सेवा विकास बैंकद्वारा नेशनल पेमेन्ट स्विच अन्तर्गतको नेपाल पे क्युआरको लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपाल पे क्युआर सुबिधा प्रदान गर्न सुरु गरेको कामना विकास बैंकले बताएको छ ।

कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई क्युआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ ।

नेपाल पे क्युआर, नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसिएचएलद्वारा संचालित क्युआरको मापदण्ड कार्यान्वयन गर्ने प्रमुख पुर्वाधार हो जस्ले नेट्वर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसंचालनमा मद्दत गर्नेछ ।

कामना सेवा विकास बैंक नेशनल पेमेन्ट स्विचमा आबद्ध हुने विकास बैंक मध्ये पहिलो विकास बैंक र नेपाल पे क्युआरलाई समर्थन गर्ने पहिलो विकास बैंक रहेको छ ।

यससँगै, कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकहरुले अब नेपाल पे क्युआरमार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन्, जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको वालेट वा कनेक्ट आइपिएसको मोबाइल बैंकिङ मार्फत यो सुबिधा प्रयोग गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग