20.1 C
Kathmandu
Thursday, October 10, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

एनआइसी सर्वश्रेष्ठ बचत खाताः एक जनाले खाता खोल्दा चार जनालाई ८४ लाखको बीमा !

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं। देशकै अग्रणी एनआईसी एसिया बैंकले देशको दुरदराजमा रहेका लाखौं ग्राहकका माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको सन्दर्भमा ग्राहकहरूलाई बचत खातामा सर्वश्रेष्ठ फाइदाहरू प्रदान गरेको छ ।

बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खातामा सर्वाधिक उच्च ब्याजदर, ८४ लाखसम्मका तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरि कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश गरेको हो ।

हरेक महिनाजसो नयाँ नयाँ योजना ल्याउँदै आएको एनआइसी एशिया बैंकले यसपटक ग्राहकका लागि सर्वश्रेष्ठ बचत खाता सुविधा ल्याएको हो । जसअन्तर्गत एक जनाले खाता खोल्दा चार जनालाई ८४ लाखको बीमा सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

यो सुविधा अरु कुनै पनि वाणिज्य बैंकले उपलब्ध गराउन नसकेको बैंकले दावी गरेको छ । बैंकका अनुसार यो ग्राहकका लागि स्वास्थ्य उपचारमा पाइने सबैभन्दा धेरै बीमा रकम भएको खाता पनि हो। यस योजना अन्तर्गत एक जनाले सर्वश्रेष्ठ बचत खाता खोल्दा अन्य तीन जनासमेत गरि चार व्यक्ति लाभान्वित हुनेछन्। यसमा रहेको ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा खातावालाले तोकेका अन्य तीन व्यक्तिले उपभोग गर्न सक्ने बैंकले बताएको छ। तीन जना आफ्नै परिवार वा बाहिरका जो कोही पनि हुन सक्छन्। यो सुविधा पाँच वर्षसम्म निःशुल्क उपभोग गर्न पाइन्छ।

बैंकले सर्वश्रेष्ठ एम्बेसडर, सर्वश्रेष्ठ प्राइड र सर्वश्रेष्ठ पार्टनर गरि तीन वटा खाता खोल्न सक्ने बताएको छ। बैंकका अनुसार एम्बेसडर र प्राइड खातावालाले अन्य पाँच जनालाई बीमा फाइदा दिलाउन सक्नेछन्। एम्बेसडर खाता खोल्नेले आफूसहित ४ जनाले ८४ लाख रुपैयाँसम्म बीमा फाइदा पाउनेछन्।

बैंकले यस खातामा दुर्घटना बीमाका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँसमेत गरि कुल ४० लाख रुपैयाँ उपलब्ध गराउने छ । ४० लाख अन्तर्गत घातक रोग बीमाबापत पनि प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।मेडिकल बीमाको लागि बैंकले प्रतिव्यक्ति १ लाख रुपैयाँ गरि कुल ४ लाख रुपैयाँ उपलब्ध गराएको छ।
मेडिकलको ४ लाख रुपैयाँको बीमामध्ये ओपीडीको लागि ८० हजार रुपैयाँसम्म र अस्पताल भर्ना भएमा तीन लाख २० हजार रुपैयाँसम्म उपलब्ध हुनेछ। बैंकले यो बीमा फाइदाको अवधिलाई ५ वर्ष पुर्याएको छ। यसअघि बैंकले १ वर्षका लागि मात्र यो फाइदा उपलब्ध गराएको थियो। यो फाइदा उपभोग गर्न खातावालाले सिफारिस गरेका तीन सदस्यले एनआइसी एशिया बैंकमा खाता पनि खोल्नु पर्ने हुन्छ ।

प्राइड खातावालाबाहेकले पनि बीमा फाइदा पाउने अर्को खाता हो। प्राइड खाता खोल्दा खातावालासमेत गरि दुई जनाले बीमा फाइदा उपभोग गर्न पाउनेछन्। प्राइड तलब बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन् । यस्तो बीमा पनि ५ वर्षका लागि उपलब्ध हुने बैंकले जनाएको छ। यसमा दुर्घटना बीमाको लागि २० लाख, घातक रोग बीमा २० लाख र औषधि उपचारको लागि दुई लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ।

आम मानिसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरि बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दै बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तररुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने आफ्नो नीति रहेको बैंकले जनाएको छ ।

बैंकले पाँच वर्षसम्म प्रदान गर्न लागेको बचत खातामै ८४ लाखसम्मको बीमा फाइदा नेपालको बैंक तथा वित्तीय क्षेत्रमै सर्वश्रेष्ठ रहेको छ । जसमा उपलब्ध खातावाला र निजबाट मनोनीत ३ अन्य व्यक्तिहरूले समेत खातावालाले जस्तो बीमा फाइदा प्राप्त गर्नेछन् ।

सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र बचतको आधारमा पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

सर्वश्रेष्ठ बचत खाताको पूर्वस्वीकृत कर्जा अन्तर्गत आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा ०.२५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सकिनेछ । जसअनुसार ग्राहकको ३ महिनाको बचत खाताको औसत मौज्दात रकममा यस किसिमको कर्जा उपलब्ध हुने व्यवस्था नेपालको बैंकिङ्ग क्षेत्रमै नौलो एवं पहिलो पटक गरेको गौरवका साथ बैंकका अधिकारीहरू बताउँछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ ।

ती सबै थप सुविधाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्कबिना स्वतः पाउनेछन् । यस बचत योजना अनुरुप ग्राहकले मनोनयन गरेको व्यक्तिले बीमा फाइदा उपयोग गर्नका लागि एनआईसी बैंकमा शून्य मौज्दातमै बचत खाता खोली बीमा फाइदा उपयोग गर्न सक्ने जनाएको छ । ग्राहकले मनोनयन गरेको व्यक्तिको यस बैंकमा पहिले नै बचत खाता भएको अवस्थामा उक्त बचत खातालाई स्किम ट्रान्सफर गरि बीमा फाइदा उपभोग गर्न सकिनेछ ।

उदाहरणको लागि यदि ग्राहकको खातामा पछिल्लो तीन महिनामा औसत १० लाख बचत जम्मा रहेको छ र यस अवस्थामा ग्राहकले १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्वस्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरि सो कर्जा रकम प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।

यस निक्षेप योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू आफैंले वा आफूले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागिसमेत पाँच वर्षको लागि पूर्णरुपमा निःशुल्क रहने बैंकले जानकारी दिएको छ ।

बचत खातामै मुद्दती निक्षेपको ब्याज

यस वचत योजनामा आबद्ध भइसकेपछि बचत खातासँगै ५ वर्षका लागि निःशुल्क प्राप्त हुने २४ सर्वश्रेष्ठ फाइदाहरूका साथै बैंकका ३५८ शाखा, ४७३ एटिएम, ८८ विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङ्ग जस्ता सम्पूर्ण भौतिक सञ्जाल एवं यस बैंकको डिजिटल च्यानलहरूमार्फत आफ्नो बैंकिङ्ग आवश्यकता सहज एवं सरलरुपमा पूरा गर्न सकिने बैंकले जनाएको छ ।

आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विकास गरिएका डिजिटल बैंकिङ्गका च्यानलहरू जस्तै मोबाइल बैंकिङ, एवं वेबसाइटमार्फत जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ्ग आवश्यकताहरू सहज एवं सरलरुपमा पूरा गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले आफूलाई पूर्णरुपले ‘डिजिटल फष्ट बैंक’ बनाउने दीर्घकालिन रणनीति अवलम्बन गरेसँगै मोबाइल बैंकिङ्ग, ग्राहक सम्बन्धी सेवा, टेलर सेवा एवं कार्ड सम्बन्धी विभिन्न सेवाहरू अनलाइन अनुरोध गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

यसका लागि www.iserve.nicasiabank.com मार्फत यी सुविधाहरु लिन सकिनेछ । साथै, एनआईसी एसिया बैंक मोबाइल एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खाता खोल्ने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, देशभर रहेका २५०० भन्दा बढी मर्चेन्टहरूमा आकर्षक छुटसहितको क्यूआर भुक्तानी, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आवेदन, कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा लगायत दर्जनौं सेवा लिन सकिनेछ ।

बैंकले ०७५ चैत्र २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका ७०० जनाभन्दा बढी ग्राहकहरूलाई बीमा वापत ४ करोड ३० लाखभन्दा बढी रकम सहजरुपमा भुक्तानी गरेको छ । बैंकले ३५८ शाखा, ४७३ एटिएम काउन्टर, ८१ शाखारहित बैंकिङ सेवा र ९४ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष