Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

२० लाख भन्दाबढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा पुगे

भर्खरै

न्युयोर्क।२४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै सो जानाकारी दिएको हो ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार युक्रेन युद्धका कारण २ लाख ११ हजार ३१२ मानिसहरु देश छाडेर शरण लिन विभिन्न देशमा पुगेका छन् ।

यूएनएचसीआर प्रमुख फिलिप्पो ग्रान्डीले यसलाई ‘स्तब्ध बनाउने माइलस्टोन ’भनेका छन् । ‘मोनोलिथिक तथ्यांक पछाडि बिछोड, पीडा र क्षतिका दुई लाख कथाहरू छन्,’ उनले भने । पाशविक युद्धका कारण परिबारहरु निराश र अकल्पनीय पीडामा डुबेको उनले बताएका छन् ।

रूसी सेना युक्रेनतर्फ अगाडि बढेर विशेष गरी राजधानी किभतर्फ बढ्दै जाँदा यो प्रवाह तीव्र हुने अधिकारीहरू र राष्ट्र संघले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
स्रोत :एजेन्सी

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष