Monday, February 26, 2024
7.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पोखराको अतिथि रिसोर्टमा २५ प्रतिशत छुट

सम्बन्धित खबर

काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने सम्झौता गरिएको छ ।

नेपाल बैंक र अतिथि रिसोर्टबीच शुक्रबार भएकोे सम्झौता बमोजिम नेपाल बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई र नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई अतिथि रिसोर्टमा आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत लाग्ने शुल्कमा छुट दिने सम्झौता भएको हो ।

गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि रिर्सोटको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अतिथि रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विशेष छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्टप्रति हार्दिक आभार व्यक्त गरे । अतिथि रिर्सोटका प्रबन्धक निर्देशक भरतराज शर्माले नेपालको ठूलो र सबल बैंकसँग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंक बजारिकरण तथा अनुसन्धान डिभिजन प्रबन्धक कृष्णहरी बुढाथोकी, बैंकका कर्मचारीहरु र अतिथि रिसोर्टका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष