spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

नेपाल फाइनान्स लिमिटेडको दोश्रो विस्तारित काउण्टर कालीमाटीमा

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं.२८, कमलादीमा केन्द्रिय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो दोश्रो विस्तारित काउण्टर आइतबारदेखि काठमाडौं १४ कालीमाटीमा एक कार्यक्रमका बीच शुभारम्भ गरेको छ। विस्तारित काउण्टरको शुभारम्भ संस्थाका संचालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले गरेका थिए।

निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीका रुपमा ०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौं महानगरपालिका–२८ कमलादीमा केन्द्रिय कार्यालयसहित न्युरोड, ललितपुरको पुल्चोक र लगनखेल, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ्रे, धनुषाको धनुषाधाममा, मकवानपुरको हेटौंडा काठमाडौंको कान्तिपथमा विस्तारित काउण्टरको सेवा प्रदान गरिसकेको र निकट भविष्यमा नै रुपन्देहीको तिलोत्तमा र गोरखाको पालुङ्गटारमा शाखा कार्यालय स्थापना गर्न लागेको संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्ववराज थपलियाले जानकारी गराए ।

कार्यक्रममा संस्थाका संचालकहरु दिप्रश शाक्य, राजन प्रजापती, चन्द्र कुमार राई र संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णुप्रसाद गौतम, प्रबन्धक सागर प्रजापति एवम् काठमाडौं इन्जिनियरिङ्ग कलेजका विभागीय प्रमुखहरु स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवी र समासेवी महानुभावहरुको उपस्थिति रहेको थियो ।

संस्थाले आधुनिक बैंकिङ्ग सेवाको साथै Connect IPS, IPS RTGS, Digital Banking, Mobile Banking एवम Debit Card मार्फत सम्पूर्ण शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग