spot_img
13.1 C
Kathmandu
Friday, January 24, 2025
spot_imgspot_imgspot_imgspot_img

म्यानचेस्टर डर्वीमा सिटीको सानदार जित

spot_img

-

काठमाडौं।केबिन डे ब्रुयने र रियाद मेहरेज चम्किएपछि इग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।

आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा पूरा समय खेल पकड राख्दै सिटीले युनाइटेडमाथि ४-१ अन्तरको जित निकालेकाे हाे ।

पहिलो हाफमा २-१ ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्दै शीर्ष स्थानमा बलियो रह्यो ।

केभिनले खेलको पाँचौ मिनेटमा गोल गर्दै सिटीको अग्रता बनाए । जाडोन सान्चोले २२औँ मिनेटमा गोल गर्दा भ्रमणकारी टोली युनाइटेड खेलमा फर्कियो ।

२८औँ मिनेटमा पुनः केभिनले गोल गर्दै दोस्रो पटक अग्रता लिए । यसपछि खेलको ६८ र ९०औँ मिनेट रियादले गोल गरेपछि सिटीले प्रभावशाली जित निकाल्यो ।

जितसँगै सिटीले पुनः तीन अंकको अग्रता लिएको छ । २८ खेल खेलेको सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा छ ।

पराजित युनाइटेड भने २८ खेलबाट ४७ अंकसहित पाँचौ स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा घरेलु टोली वाट्फोर्डमाथि ३-२ अन्तरको रोमान्चक जित निकाल्दै आर्सनल शीर्ष चारमा उक्लियो ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग