Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

तयारिमा बस्नु्स: समता घरेलु लघुवित्तले २ लाख ८९ हजार कित्ता एफपीओ निस्कासन गर्दै

भर्खरै

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निस्कासन गर्ने भएको छ । संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले एफपीओ निस्कासन गर्ने लागेको हो ।

लघुवित्तले उक्त एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

समता लघुवित्त र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएपछि सेयर संरचना परिवतर्न भएको थियो । समताको १०० र घरेलुको ८० रुपैयाँ कायम हुने गरी दुवै संस्था गाभिएका थिए । दुई संस्था गाभिएपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँ छ । यसको २० प्रतिशत वोनस शेयरपछि चुक्ता पूँजी ३४ करोड २७ लाख रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष