23.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

साताको पहिलो दिननै सेयर बजारमा गिरावट

सम्बन्धित खबर

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्सेमा ३.६६ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको छ । तर, यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।

यस दिन बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । ३ अंकले घटेको बजारमा आज २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष