17.1 C
Kathmandu
Saturday, April 13, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

साना जलविद्युतको अवस्था चिन्ताजनक

सम्बन्धित खबर

सुर्खेत।कर्णाली प्रदेशमा रहेका अधिकांश साना लद्युजलविद्युत आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ । निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आइ अहिले बन्द अवस्थामा रहेको पाइएको छ ।

कर्णाली प्रदेशका नाै जिल्लाको गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ । जाजरकोटका पाँचवटा माइक्रो हाइड्राे चलेको र २३ वटा नचलेको , सल्यानमा एक चलेको र एक नचलेको, रुकुम पश्चिममा ६ चलेको र २० नचलेको , दैलेखमा सात चलेको र १३ नचलेको र सुर्खेतमा एक चलेको र तीन ३ नचलेको पाइएको छ ।

त्यस्तै जुम्लामा ६ चलेको र २० नचलेको , कालीकोटमा ६ चलेको ११ नचलेको, मुगुमा दुई चलेको पाँच नचलेको र हुम्लामा तीन चलेको आठ नचलेको अवस्थामा रहेको पाइएको छ । ३७ वटा सञ्चालमा रहेको र १०४ नचलेको अवस्थामा रहेको पाइएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको भर्चुअल बैठकमा यो कुरा जानकारी गराएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद सिंह , निमित्त सचिव गोपाल शर्मामा सहभागिता थियो । प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीकाे समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष