12.1 C
Kathmandu

नयाँ सहमति गर्दै सकियो गठबन्धनको बैठक

-

काठमाडौं। एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भइरहँदा संकटमा परेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल नगर्ने नया सहमति भएको छ।

भर्खरै बालुवाटारमा सकिएको गठबन्धनका शीर्ष नेताको छलफलले सहमतिको लागि केही दिन कुर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको सरकारी घर बालुवाटारमा भएको शीर्ष नेताबीचको कुराकानीमा एमसीसी टेबल नगर्ने सहमति भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए। बैठकबाट बाहिरिँदै उनले अर्को बैठक ८ गते बस्ने तय भएको बताए।

नेकपा एकीकृत समाजवादीले भोलि बैठक बसेर छलफल गर्ने भन्दै समय माग गरेपछि ८ गते फेरि छलफल गर्ने तय भएको हो। यसअघि हिजोको निर्णायक भनिएको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो।

सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए। उनीहरु एमसीसीको विपक्षमा छन्। कांग्रेस भने पक्षमा छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य