13.1 C
Kathmandu

मन्त्री आलेको अडियो–भिडियोको पार्टीले छानविन गर्ने सत्य पुष्टि भए आजै बहिर्गमन हुने

-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको भनिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ ।
मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो-भिडियो मंगलबार विहान सार्वजनिक भएको थियो । अडियो- भिडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएको आरोप लागेको छ ।
‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’ पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने उनले बताए । घटना सत्य ठहरे उहाँ आजै बर्हिगमन हुने स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य