spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

राम्रो भन्दै उपभोक्ता ठग्दै मारुती सिमेन्ट

spot_img

-

काठमाडौँ । उपभोक्तालाई खरिद गरौ गरौ लाग्नेगरी विज्ञापन गर्ने अनि गुणस्तरमा सुन्य सहनशीलता कायम गर्ने सिमेन्ट कम्पनीको नाम हो मारुती सिमेन्ट । सो सिमेन्ट प्रयोग गरेर बनाइएका संरचनाहरू धमाधम भत्किन थालेपछि यो कुरा पुष्टि भएको हो ।

त्यसो त बारम्बार गुणस्तरहीन सिमेन्ट गुणस्तर तथा नापतौल विभागले बारम्बार कारवाही गर्दा पनि सचेत नभएको कम्पनी विरुद्ध अदालतमा उजुरी नै परेको छ । तर तीनपटक सम्म सो सिमेन्ट कारबाहीमा पर्दापनि उसको चेत खुलेको छैन ।

त्यतिमात्रै हैन‚ सो सिमेन्टले गुणस्तर सुधार गर्नुको साटो सरकारी नियामकको आदेश नै पालना नगरेका कारण सो कम्पनी विरुद्ध गैरकानुनी खानी दोहन र कर छली मुद्दा विशेष अदालतमा दर्ता हुने अवस्था सिर्जना भएको छ ।

त्यस्तै गत माघ १२ गते सोही कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमेन्ट सञ्चालक शरद गोयलविरुद्ध २० करोड ५० लाख ६५ हजार रुपैयाँ बिगोसहित महा दर्ता गरेको हो । तोकिएको वाषिर्क स्वीकृत क्षमताभन्दा अधिक चुनढुङ्गा उत्खननउत्पादन गर्ने मारुती सिमेन्टले वाषिर्क प्रतिआर्थिक वर्ष एक लाख रुपैयाँ मात्रै जरिवाना लिइएको पाइयो‚ु आरोप पत्रमा उल्लेख छ ।

वास्तवमा बजारबाट संकलन गरेको मारुती सिमेन्टको ३३ र ४३ ग्रेडको ओपीसी नमूनाको परीक्षण गर्दा गुणस्तरहीन पाइएको विभागले जनाएको छ । संकलित नमूना कम्प्रेसिभ स्ट्रेन्थ ९ एमपीए ०७ र २८ दिनको मान क्रमश: कमसल पाइएको थियो ।

कम्प्रेसिभ स्ट्रेन्थ ३३ र ४२ रहनुपर्नेमा ३१ र ३७ पाइएको नापतौल विभागले जानकारी दिएको छ। सिमेन्ट बनाउँदा प्रयोग गरिने कंक्रिट यसको बल क्षमतामा मापन गरिन्छ ।

एमपीए पाउण्ड प्रतिवर्ग इन्चको मेट्रिक मापन हो । ठोस परियोजनाहरूका लागि गुणस्तरीय एमपीए आवश्यक पर्छ । यदि यसो नभएमा बनाइएका परियोजनामा प्रयोग गरिएको सिमेन्टले काम गर्न छाड्छ । र‚ आयोजनाहरू समय अगावै भासिने‚ चर्किने र कमजोर हन्छ।

यसरी आफ्ना लाखौं सेवाग्राहीहरूको विश्वासलाई कुल्चिएर कम्पनीले गुणस्तरहीन उत्पादन गरेको पाइएको हो । परीक्षणमा असफल भएपछि विभागले गुणस्तरहीन ४३ ओपीसी सिमेन्ट बिक्री वितरणमा रोक लगाइएको थियो । यस्तै‚ उत्पादित गुणस्तरहीन सिमेन्ट तत्काल बजारबाट फिर्ता ल्याउन समेत विभागले निर्देशन दिएको थियो।

मारुती सिमेन्टले विभागको निर्देशनलाई लत्याएर अहिलेपनि खुलमखुला गुणस्तरहीन सिमेन्ट बिक्री वितरण गरिरहेको छ। सिमेन्ट कम्पनीहरूलाई वाषिर्क निश्चित क्षमतामा चुनढुङ्गा खानी खन्ने अनुमति दिइन्छ ।

सोही अनुमतिमा आधारित रहेर कुनै एउटा खानीमा रहेको चुनढुङ्गा निश्चित वर्षसम्मलाई प्रयोग अनुमति दिइन्छ । तर‚ मारुती सिमेन्टले राज्यले दिएको अनुमतिभन्दा बढी सिमेन्ट खनेर करोडौं भ्रष्टाचार गरेको पाइएको छ। यही माघ १२ गते अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रका अनुसार मारुती सिमेन्टले वाषिर्क तोकेभन्दा बढी चुनढुङ्गा खनेको पाइएको छ ।

उक्त कम्पनीलाई राज्यले खन्न दिएको अनुमतिभन्दा बढी चुनढुङ्गा खनेर राज्यस्रोतमाथि नै दोहन गरेको र समयअगावै खानी रित्तयाएको पाइएको हो। यसले थोरै कर तिर्न निश्चित परिमाणको अनुमति लिने र नाफा कमाउन लालायित बन्दै स्वीकृत क्षमताभन्दा बढी चुनढुङ्गा निकाल्न गरेको देखिएको छ ।

सिमेन्टले क्षमताभन्दा बढी चुनढुङ्गा खनेको जानकारी खानी तथा भूगर्व विभागले पाएपछि महानिर्देशकलाई नै प्रभावित बनाएर उन्मुक्ति लिएको समेत खुल्न आएको छ। तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरेलाई प्रभावित पारेर २० करोड रुपैयाँको खानी दोहन गरेपछि जम्मा एक लाख रुपैयाँ जरिवाना तिरेको खुलेको हो ।

सोही कर्तुत खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मारुतीविरुद्ध २० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै अदालतको ढोका ढक्ढक्याउन पुगेको छ ।

के हो ओपीसी सिमेन्ट?

अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट ९ओपीसी० र पुजोलोना पोर्टल्यान्ड सिमेन्ट सामान्यतया: गरी दुई प्रकारका हुन्छन् । यसमध्ये ओपीसी सिमेन्ट ३३‚४३ र ५३ ग्रेडका हुन्छन् ।

साधारण चुनढुंगाबाट बनेको सिमेन्टलाई ओपीसी सिमेन्ट भनिन्छ । चुनढुंगालाई १४ सय डिग्री सेन्टिग्रेडमा पकाएर त्यसमा विभिन्न पदार्थ मिसाएर क्लिंकर बनाइन्छ र त्यसमा अधिकतम पाँच प्रतिशत जिप्सम ९सल्फेट डाइहाइड्रेटबाट बनेको नरम सल्फेट खनिज प्रयोग भएको हुन्छ ।

ओपीसी सिमेन्टको प्रयोग ठूला–ठूला राष्ट्रिय गौरवका आयोजना र ठूला भौतिक संरचना बनाउँदा प्रयोग गरिन्छ । यो सिमेन्टबाट घरको गाह्रो समेत लगाइन्छ । ढलान गर्न र इँटा सेट गर्न तथा डण्डीलाई समेत सेट गर्न ओपीसी सिमेन्ट नै प्रयोग हुन्छ ।

सिमेन्ट नै कमसल भएपछि त्यसबाट बनाइएका संरचना पनि कमजोर हुन्छन् । यो सिमेन्ट ठूला र राष्ट्रिय गौरवका आयोजना तथा संरचना निर्माणमा समेत प्रयोग हुने गरेको छ । ७० प्रतिशत क्लिंकर‚२५ प्रतिशत कोइलाको धुलो पुजोलोना र पाँच प्रतिशत जिप्सम मिसाएर बनाइएको सिमेन्टलाई पीपीसी भनिन्छ ।

यो सिमेन्ट प्राय:जसो प्लास्टर गर्न र गाह्रो लगाउन प्रयोग गरिन्छ । तर सो सिमेन्टमा माथि उल्ल्ोख भएका कुनै पनि मापदण्ड पुरा भएका छैनन् ।

स्मरण रहोस् मारुतीले कम गुणस्तरको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै गत मङ्िसर पहिलो साता नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग