6.1 C
Kathmandu

काठमाडौंका होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड पालना नगरे यस्तो हुने

Categories:

-

काठमाडौं । होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार ७ बुँदे आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको हो ।

जसमा होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ। प्रशासनका अनुसार होटल तथा रेस्टुरेन्टमा प्रवेश गर्ने सबै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेष्टुरेन्टले कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।

यस्तै होटल तथा रेस्टुरेन्टमा कोही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्नुपर्नेछ। होटल रेस्टुरेन्टमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र नियमित रूपमा होटल रेस्टुरेन्ट स्यानिटाइज गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य