काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको काठमाडौं उपत्यकाका तीन वटासहित देशभरका पाँच वटा शाखा आज बन्द रहने भएका छन् ।
कोरोना भाइरसको संक्रमणदर तीव्र बनिरहेको अवस्थालाई दृष्टिगत गर्दै बैंकले बागमती प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेशमा रहेका पाँच वटा शाखा आज शुक्रबार बन्द रहने जानकारी दिएको छ ।
बैंकले दिएको जानकारी अनुसार बागमति प्रदेशको काठमाडौंमा रहेका सामाखुशी, ठमेल र टोखाका शाखा आज बन्द रहने भएका छन् । त्यस्तै प्रदेश १ स्थित भोजपुर र लुम्बिनी प्रदेशस्थित बुछवल शाखा पनि बन्द रहने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्