6.1 C
Kathmandu

एकै दिन थपिए पाँच हजार कोरोना सङ्क्रमित

कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ। आज पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

Categories:

-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, २० हजार ५६० जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ८७ जनामा सङ्क्रमण देखिएको हो। बिहीबार तीन हजार ५५३ जनामा सङ्क्रमण देखिएको थियो।

आज सङ्क्रमण पुष्टि भएकामध्ये १३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा चार हजार २०४ जनामा र सात हजार ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा कोरोना देखिएको हो।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१३ पुगेको छ।

यस्तै, शुक्रबार ३०६ जना निको भएका छन्। निको हुनेको सङ्ख्या पनि आठ लाख १५ हजार ६५३ पुगेको छ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १८ हजार २३५ पुगेको छ। बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० थियो।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य