31.1 C
Kathmandu
Saturday, June 15, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

आरडब्लु विन्टर स्लाममा चट्टान च्याम्पियन

सम्बन्धित खबर

काठमाडौं। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लु विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन् ।

बुढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले डेविडलाई हराउँदै हेभीवेट बेल्ट आफैसँग सुरक्षित राखे । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए ।

लाइट हेभीवेटमा साइनले यूबीएल स्टोनलाई पराजित गरे । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । त्रिपल थ्रेट म्याचमा बाकाले एक्स हिरो र योङ सेडीको चुनौती पन्छाउँदै ४५ हजार रुपैयाँ जिते ।

लाइट वेट म्याचमा सिजे वर्ल्डले महिला रेस्लर तनुलाई हराउँदै २५ हजार पुरस्कार जिते । निकै प्रतिस्पर्धात्मक हार्डकोर म्याचमा किङ रोबर्टले नुवाकोटे टाइगरलाई पराजित गरे । हार्डकोर च्याम्पियन किङ रोबर्टले ६० हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष