Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

नवोदय बहुउद्देश्यीय सहकारीसंस्थाको चौधौँ वार्षिक साधारणसभा सम्पन्न

भर्खरै

 काठमाडौँ । काठमाडौँको कपनमारहेको नवोदय बहुउद्देश्यीय सहकारीसंस्थाको चौधौ वार्षिक साधारणसभा पुष ३ गते सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङको प्रमुख आतिथ्यमामा चाबहिलस्थित एवान पार्टीप्यालेसमा भएको साधारण सभा तथा अधिवेशनले नेत्रप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयनगरेको छ।

संस्थाको उपाध्यक्ष विष्णु प्रसादभट्टराई, सचिव गणेश प्रसाद भट्टराई, कोषाध्यक्ष नवीन आचार्य सदस्यहरु रबिन्द्रभट्टराई, देवकी नेपाल अर्याल, पदम प्रसाद आचार्य निर्वाचित भएकाछन। त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजक बिस्वराज धिताल र सदस्यहरूमा भेषबहादुर डोटेल तथा संगीता तामाङ चयनभएका छन्।

नवोदय सहकारीसंस्थाको साधारणसभाले अध्यक्ष राजन आचार्यद्वारा प्रस्तुत आर्थिक बर्स २०७७ र ७८ वार्षिक प्रतिबेदन, कोषाध्यक्ष विष्णु प्रसाद भट्टराई द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन,गणेश प्रसाद भट्टराईद्वारा प्रस्तुत लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन पारित गर्नुकासाथै राज्यमन्त्रीगुरुङलाई निवर्तमान अध्यक्ष राजन आचार्यले सम्मान गरेका थिए।

कार्यक्रम सञ्चालन संस्थाका सचिव नेत्र प्रसाद आचार्यले गरेका थिए भने प्रमुख अथिति, अथिति र उपस्थित सदस्यहरूलाई स्वागतगर्दै संस्थाका प्रबन्धक शंकर प्रसाद आचार्यले संस्थाको ऐतिहासिक पृष्ठभूमि आगामी कार्ययोजना र संस्थाका गतिबिधिका बारेमा साधारण सभामा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष