spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

एपीएफले अनुबन्ध गर्‍याे पहिलो पटक विदेशी खेलाडी

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदान उतारेको हो ।

फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोलरक्षक युवा कुरियामाले प्लेईङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे । एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले पहिलो पटक विदेशी खेलाडी अनुबन्धन गरेको हो । यसअघि तीनै विभागीय क्लबले विदेशी खेलाडी भित्र्याउने प्रावधान थिएन ।

तर, एएफसी लाइसेन्स पाएसँगै विभागीय क्लबलाईसमेत विदेशी खेलाडी खेलाउने बाटो खुलेको हो । टोलीका नियमित दुई गोलरक्षक घाइते भए पनि एपीएफले कुरियामालाई टोलीमा समावेश गरेको हो । कुरियामाले डेब्यु खेलमै जितबाट सुरुवात गरेका छन् ।

दशरथ रंशालामा भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई ३-१ अन्तरले पराजित गर्याे । पहिलो जितसँगै एपीएफले पाँच खेलबाट ४ अंक बनाउँदै ११औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग