spot_img
23.1 C
Kathmandu

अमृत योन्जनको ‘तामाङ ताम’ सार्वजनिक

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौँ — भाषा विज्ञानका अध्यता, मातृभाषा तथा बहुभाषिक शिक्षाका अभियन्ता अमृत योन्जन तामाङको ‘तामाङ ताम’ तामाङ भाषा सिक्ने हाते पुस्तक सार्वजनिक भएको छ ।

शुक्रबार बौद्धस्थित तामाङ भवनमा लेखक योन्जनसहित मानवशास्त्री मुक्त सिं तामाङ, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ लगायतको उपस्थितिमा जापानका लागि पूर्व नेपाली राजदूत गणेश योन्जनले पुस्तकको लोकार्पण गरे । पुस्तक तामाङ भाषाका व्याकरणिय कोशीय मूल शब्दमा आधारित छ ।

तामाङ भाषा सिक्न चाहनेहरुका लागि पुस्तक निकै उपयोगी हुने लेखक योन्जनले बताए । उनका अनुसार स्वयं शिक्षण विधिबाट तयार गरिएकोले जो कोहीले यसबाट आफै तामाङ भाषा सिक्न सक्छन् । ‘स्वदेश तथा विदेशमा तामाङ भाषा सिकाएको मसँग अनुभव थियो’ उनले भने,‘भाषा कक्षामा सहभागीले तामाङ भाषा सिक्ने पुस्तक लेख्न अनुरोध गरेकाले सिकाइलाई स्थायित्व दिन पठन सामग्रीको रुपमा पुस्तक तयार गरिएको हो ।’ तामाङ भाषा नजानेकालाई मात्र होइन जानेकाहरुलाई पनि विभिन्न क्षेत्रमा सोही भाषा प्रयोग गर्ने गरेकालाई समेत पुस्तक उपयोगी हुने योन्जनको दाबी छ । भाषाले मानिसलाई जोड्ने काम गर्ने बताउँदै योन्जनले तामाङ समुदायमा सेवा प्रदायकको हातहातमा पुस्तक पुग्न जरुरी रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग