spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

अष्ट्रेलियालाई अर्को झड्का, कप्तान कुमिन्सले दोस्रो टेस्ट गुमाउने

spot_img

-

काठमाडौं । अष्ट्रेलियाका कप्तान प्याट कुमिन्सले एसेस टेस्ट शृंखलाको दोस्रो खेल गुमाउने भएका छन् । कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेका कारण कुमिन्सले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका हुन् ।

कुमिन्सको अनुपस्थितिमा एड्लेइडमा हुने दिवा–रात्रि टेस्टमा अष्ट्रेलियाको कप्तानी स्टिभ स्मिथले गर्नेछन् । स्मिथले सन् २०१८ मार्चपछि पहिलोपटक अष्ट्रेलियाको कप्तानी गर्न लागेका हुन् । ट्रभिस हेडले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

कुमिन्सको स्थान माइकल नेसरले लिनेछन् । टेस्टमा नेसरको यो डेब्यु हुनेछ । पाँच खेलको शृंखलामा अष्ट्रेलिया १–० ले अगाडि छ ।

कुमिन्स बुधबार साँझ रेस्टुरेन्ट गएका थिए । रेस्टुरेन्टका एक व्यक्तिमा कोभिड–१९ संक्रमण देखिएपछि कुमिन्स ‘कन्ट्रयाक्ट ट्रेसिङ’मा परेका हुन् । उनी सात दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्नेछ । त्यसबाहेक कुमिन्सले कुनै पनि ‘बायोसेक्युरिटी’को नियम उल्लंघन गरेका छैनन् ।

कुमिन्सले पहिलो टेस्टमा सात विकेट लिएका थिए । यसअघि, अष्ट्रेलियाको अर्का तीव्र गतिका बलर जोश हाज्लेउडले पनि चोट कारण दोस्रो टेस्ट गुमाउने भएका थिए । हाज्लेउडको स्थान जे रिचार्डसनले लिएका छन् ।

कुमिन्सबाहेक मिचेल स्टार्क र नाथन लियोन पनि सोही रेस्टुरेन्टमा गएका थिए । तर, ‘साउथ अष्ट्रेलिया’का स्वास्थ्य अधिकारीले स्टार्क र लियोनलाई भने खेल्न दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग