spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

अधिकारीको ‘जूनका टुक्राहरू’ सार्वजनिक

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । मुक्तक लेखक तीर्थराज अधिकारीको नवीनतम मुक्तकसंग्रह ‘जूनका टुक्राहरू’ हालै सार्वजनिक भएको छ । वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले उक्त कृति लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेले अधिकारीको साहित्यिक यात्राको चर्चा गरे । समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सार्वजनिक मुक्तकसंग्रहमाथि बोल्दै अधिकारीका अधिकांश मुक्तक पठनीय र चोटिलो भएको बताए ।

नेपालीका साथै र अंग्रेजीमा भाषामा पनि प्रकाशित कृतिका अनुवादक भोजराज न्यौपानेले यसअघिको उनको मुक्तकसंग्रह ‘झटारो’ अनुवादका बारेमा बोलेका थिए ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि तीर्थराज अधिकारीकी बुहारी मन्जु अधिकारी, यादव भट्टराई, विष्णुबहादुर सिंह, राधेश्याम लेकाली, दिव्य गिरी, निशा केसीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग