१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि आर्सनलको जित

Categories:

-

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ। बुधबार राति भएको खेलमा महत्वपूर्ण ३ अंक हात पार्दै आर्सनल लिगको शीर्ष चारमा अटाएको छ।

ad
खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको४८ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

खेलको ६६ औं मिनेटमा वेस्ट ह्यामका भ्लादिमिर काउफल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेस्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो। खेलको ८७ औं मिनेटमा आर्सनलले अर्को एक गोल थप्यो।

यससँगै आर्सनलले लिगमा १७ खेलबाट २९ अंक हात पारेको छ। वेस्ट ह्याम भने समान खेलबाट २८ अंक हात पार्दै पाँचौं स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य