spot_img
15.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

बेलायतमा एकैदिन ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

spot_imgspot_imgspot_imgspot_img

-

एजेन्सी । बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । केही दिन अघिसम्म दैनिक ५० हजारभन्दा कममा कोरोना संक्रमण भएको रिपोर्ट आएका थिए । तर, केही दिनयता कोरोना संक्रमण ह्वात्तै बढेको रिपोर्टले जनाएको छ ।

रिपोर्टका अनुसार बेलायतमा एकैदिन ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण मृत्युदर पनि बढेको छ । कोरोनाका कारण एकैदिन १६५ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण बेलायतमा हालसम्म १ लाख ४६ हजार ७९१ जनाको ज्यान गइसकेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन त्रीब रुपमा फैलिएको समेत अधिकारीहरुले जनाएका छन् । बेलायतमा बुस्टर डोज लगाउन सरकारले अभियान जारी गरिसकेको छ । तर, कोरोना नियन्त्रणका लागि संयन्त्रहरु बलियो रुपमा परिचालन गर्न अधिकारीहरुले सरकारसँग आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग