23.1 C
Kathmandu
Thursday, September 12, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

महँगियो बजार : गतवर्षको तुलनामा यो वर्षको कात्तिकमा १.२७ प्रतिशतले बढ्यो मुद्रास्फीति

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीतिदर ४.०५ प्रतिशत थियो । यस वर्षको कात्तिक महिनामा मात्रै बजारमा महँगी १.२७ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकले प्रकाशन गरेको चार महिनाको देशको वर्तमान तथा वित्तीय आर्थिक स्थितिको तथ्यांकमा कात्तिक महिनामा मुद्रास्फीति अर्थात् महँगी बढेको उल्लेख गरेको हो ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत छ । यस्तै, २०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यु, तेल, यातायात, माछा/मासु, गैर–मदिराजन्य पेयपदार्थ, सुर्तीजन्य वस्तु, दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २९.११ प्रतिशत, १२.३६ प्रतिशत, १०.९१ प्रतिशत, १०.७० प्रतिशत, १०.३० प्रतिशत र १०.२४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमाली क्षेत्रमा
५.०० प्रतिशत मुद्रास्फीति रहेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष