spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

गरिब देशहरूको उत्थानशील आर्थिक विकासका लागि ९३ अर्ब डलरको प्रतिवद्धता प्याकेज

spot_img

-

काठमाडौँ– विश्व बैंकले कोभिड–१९ महामारीग्रस्त विश्वका गरिब राष्ट्रहरूको हरित, उत्थानशील र समावेशी विकासका लागि ९३ अर्ब अमेरिकी डलरको प्याकेज अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)मार्फत् घोषणा गरेको छ । यसमध्ये २३.५ अर्ब अमेरिकी डलर विश्वका ४८ उच्च र मध्यम आय भएका देशहरूले प्रतिवद्धता गरेका हुन् । बाँकी पुँजी पुँजीबजार, साँवा भुक्तानी र विश्व बैंकको आफ्नैतर्फबाट योगदान हुने विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले बताएका छन् ।

विश्व बैंकले दोस्रो विश्वयुद्धपछि पुननिर्माणका लागि यस्तै ठूलो प्याकेज ल्याएको थियो । यो प्याकेजमा जापानले प्रतिवद्धता जनाइसकेको छ । अन्तर्राष्ट्रिय विकास संघको ६१ वर्षे इतिहासमा जापान सबैभन्दा ठूलो योगदानकर्ता हो । संघको स्रोत परिचालनको अद्वितिय मोडल अनुसार दातृ सहयोग १ डलरलाई उसले लेभरेजिङ्ग (अतिरिक्त स्रोत परिचालन)मार्फत् ४ डलर बनाउँछ ।

विश्व बैंकका अध्यक्ष माल्पसले साझेदार देशहरूको उदार सहयोगले विकासका चुनौती सम्बोधन गर्दै करोडौं मानिसहरूको जनजीवन सुधार गर्न सकिने बताएका छन् ।

यो सहयोग नेपालसहित विश्वका ७४ देशले प्राप्त गर्नेछन् । खासगरी राजस्व परिचालन कमजोर भएका, ऋणको जोखिम उच्च रहेका, कमजोर र शिथिल साथै द्वन्द्वग्रस्त वा द्वन्द्वबाट बाहिर आएका, अस्थिरता धेरै भएका र साक्षरता कम भएका देशहरूले प्राप्त गर्नेछन् । यसमध्ये झण्डै एक तिहाई देशहरू खाद्य संकटको समेत सामना गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय विकास संघको यो सहायता मानव पुँजीमा लगानी, शिक्षा, स्वास्थ्य, पोषण, खोप, सामाजिक सुरक्षा र कमजोर मानिसहरूको सहयोगका लागि परिचालन गरिने बताइएको छ । संघको प्राथमिकतामा लैंगिक विषमता, रोजगारी सिर्जना, कमजोर अवस्था, द्वन्द्व र हिंसाको अन्त्य चाहेको छ । साहेल, चाड ताल क्षेत्र र अफ्रिकाका सोमालिया, इथियोपिया, केन्या लगायतका देशमा केन्द्रित हुनेछ । सुशासन र संस्थाहरू, ऋणको दीगोपना, डिजिटल पूर्वाधार र आर्थिक तथा सामाजिक समावेशीता बढाउन मद्दत गर्ने विश्व बैंक, अन्तर्राष्ट्रिय विकास संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग