काठमाडौँ । नेपाल एसीसी यु-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा आज मंगलबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
यूएइको आईसीसी एकेडेमीमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। सुरुआती दुई खेलमा हार बेहोरेको नेपाल कुवेतविरुद्ध पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने योजनामा छ ।
प्रतियोगितामा जित विहिन रहेको कुवेत समेत सान्त्वना जित निकाल्ने दाउमा छ । यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो । यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।