बालापन

-

बालापन

लेखक: गणेश लम्साल

ठेगाना: सुकेधार, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र २१ शनिवार

म मेरो बालापनमा फर्कन चाहान्छु
मुर्झाएको छु म, एकपटक फेरि फक्रन चाहान्छु

क्रीकेट हेर्दा हेर्दा थाकिसकें, डन्डिले बियो हिर्काउन चाहन्छु

फुट्सलले तान्न सकेन, कदाचित मोजामा पराल ठुसी गोल गर्न चाहन्छु

मोबाइलको गेमले मुन्टो बाङ्गिएझैं लाग्छ, एकपटक फेरि गुच्चा आबिस्कार गर्न चाहन्छु

टोले हुल्लड भेला गरि आँप चोर्न मन छ,
सांच्चै भनेको! म मेरो बालापनमा फर्कन चाहन्छु!

स्विमिङ पुल खै किन किन नक्कली जस्तो लाग्छ, खोलाको डिलबाट डाइभ हान्न चाहन्छु

ककफाइटले घुंडामा चोट लागे लागोस
अहिलेको मानसिक पीडा भन्दा बरु बा को कोर्‍रा खान चाहन्छु।

चिप्ला सड्कमा गाडी धेरै हुंइक्याइयो, बसको हुडमा बसि गाउँ हेर्न चाहन्छु
सांच्चै भन्छु, म मेरो बालापनमा फर्कन चाहन्छु!

दशैंको लुगा, तिहारको देउशी, सक्रान्तिको लड्डु, असारको दहि चिउरा सम्झनामा मात्रै किन?
धरोधर्म भगवन, म मेरो बालापनमा फर्कन चाहन्छु!!!

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य