लक्ष्मणप्रसाद अधिकारीको कविता : सपना

-

सपना

लेखक: लक्ष्मणप्रसाद अधिकारी

ठेगाना: बु. न. पा.११, काठमाडौँ

शैली: कविता

भौतिक सुखको सपना
आँखा भरी सजाएर
वेपर्वाह टारी खेत अनि परिवारको पेट
पासपोर्ट संग निर्धक्क साटेर
मुटु कमाउने चीसो बिच्छ्यौनामा
लडिबुडी गर्दै एकान्त अनिदो रात
छटपटिइरहेछन् बिछोडिएका प्रेमीहरु !!१!!

निश्पपट अधेरो औषीको रातमा
झ्याउकिरीको विरह संगै
भिजेका चीसो सिरानीले
गिज्याइरहेछ झस्काइरहेछ
ती प्रेमिकालाई !!२!!

मरुभूमिको तातो हावालाई
मायालुको लामो तातो प्रश्वास ठानेर
विदेशी भूमिमा प्रचण्ड तापसंगै बगेका पसिना
संगसंगै झुलेको मादकताको परिकल्पनामा
विगतका मदहोस् भोगाइका शंस्मरणमा
आफू आफैमा रमाइरहेछ हराइ रहेछ
पागल प्रेमी !!३!!

बेशीको खेत साथै भान्साको चामल
पल्सर बाइक अनि ढलाने घरसंगै
छिट्टै साटिने अभिलाषामा
विद्यालयका कक्षाहरू बंक गर्दै
अविभावकको सपनामा अट्टहास गर्दै
बाइकको हावा संगै कावा खेल्दै
कल्पनाको सागरमा डुबुल्कीरहेछन्
तन्नेरी किशोरहरु! !३!

आमाको मोबाइल खोकिलामा छिपाएर
ह्वाट्सएप, फेसबुक र टिकटमा अभ्यस्त
आधुनिक प्रेमको खोजीमा
कयौं अनिदो रात काटिरहेछन् किशोरीहरु !!५!!

हो, कल्पनाको संसार मुटुभरी सजाएर
सूचना, प्रविधि अनि भौगर्भिकरणको दुनियामा
छटपटाइरहेछन्, तड्पिइ रहेछन्
हर घर, हर परिवार, हर दिन, हर क्षण
भोगिरहेछन् यस्तै यस्तै
मेरो देश, मेरो गाउँ, मेरो ठाउ
देखिरहेछ सपना
खै कस्तो सपना !!६!!

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य