कमरेड माहाराज

लेखक: प्रा. डा. बद्रीविशाल पोखरेल
शैली: कविता
प्रकाशन मिति: २०८२ भाद्र १४ शनिवार
नोकरसाही जनवादका प्रवर्तक
राजशाही आसन र शासनका रक्षक
आफ्ना भृत्य र भजन मण्डलीका संरक्षक
एकSहम् द्धितीयो नास्ति सिद्धान्तका प्रतिपादक
हजुरकै दया,माया र कृपाबाट बचिएको छ
सास धानिएको छ
कमरेड महाराज, हे महाराज ।
प्रतिक्रिया दिनुहोस्

