अनिता लामाको कविता : रजस्वला

-

रजस्वला

लेखक: अनिता लामा

ठेगाना: बुढानिलकण्ठ नगरपालिका

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र १४ शनिवार

उनिहरुले हामीलाई सँधै रजस्वला बनाइरहे

छुन नहुने, अछुत बनाइरहे
बोल्न नहुने, अबोला बनाइरहे
हेर्न नहुने, गान्धारी बनाइरहे
हाँस्न नहुने, द्रौपदी बनाइरहे
अस्मिता जाँच्न सिता बनाइरहे
प्रेममा बाँध्न राधा बनाइरहे ।
उनिहरुले यस्तो बनाइरहेकै बेला
हाम्रो अवसरका ढोकाहरुमा गजबार हालिरहे
हाम्रो उत्सवका बाटोहरुमा ढाट थापिरहे
हाम्रो विचारहरुमा अन्धविश्वास फ्याँकिरहे
हाम्रो आस्थाहरुमा पितृसत्ता न्याकिरहे
हाम्रो रोजाइहरुमा नेल ठोकीरहे
हाम्रो स्वतन्त्रतालाई कैद ठोकीरहे ।
हो उनिहरुले हामीलाई सँधे रजस्वला बनाइरहे
अबला, अपवित्र र अमर्यादित ठहर्याइरहे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य