बिपदमा यसरी सुरक्षित बनौँ

-

बिपदमा यसरी सुरक्षित बनौँ

लेखक: नारायणबाबु तिम्सिना

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

वर्खाको समय बुझौं चनाखो भै ढुक्क नहुनु कबै,
घरैमा नै बसे पनि बेलाबेला स्थिति बिचार्नु सबै,
को को छन् घरका जनहरू कता आपत् मा छन् कि कतै,
बुझेर अवस्था ठिक समयमै चाल्नु उपाय यतै।।

थाहै नपाई झ्याप आउँदा बिपद् पार्ला नि बिजोक सबै,
ज्यान जोगाउनै मान्छे परेर धौ धौ भाग्ला उपाय नभै,
दृढ बन्नु त्यो बेला जोगाउनु आफू र आफ्ना पनि,
झट्ट जुट्नु जनहरू सब् यहि हो मानव धर्म भनि।।

घर् खेत गरेर लगाइ फसल काम् गर्दै गर्दा पनि,
गाउँ घर् मा अनेकौं सर् सहयोग गर्नु परे तापनि ,
बिकास कै काम किन नहोस् अहो ! कस्तै परोस् तापनि ,
चाल्नु पाइला सुस्तरी सुस्तरी मौसम् अनुरूप बनि ।।

यात्रामा बटुवा बनेर सहजै हिँड्दा खेरिमा पनि,
भिर् पाखा जङ्घार तरेर अगाडि बढ्दै गर्दामा पनि,
बोकेर तनलाई उत्साहित् मन् ले गन्तब्य पुग्न भनि,
गम खानु असाध्यै नकुद्नु ठाँट्ले सार्है ब्याकुल बनि।।

घर होस् या त मेरो कुनै अफिस यो शहर नै त हो,
म त यसै बसेको छु सुबिधामा पर्दैन गर्न जोहो,
ठान्दैन विपद्ले जाउँ म दुर्गम यो त सुगम पो हो,
नपस्नु बाढीमा हेर खोला बिचे उड्ला नि चोला अहो ।।

गर्नु छ काम् कतै केहि भने पनि नभै जरुरी अति,
यात्रा एकनासको हुन्न जहिल्यै रोक्नु है तीव्र गति,
बाढी पहिरो मात्र छ जताततै छैन ठेगान् को मति,
अप्न्नाउँ उपाय सबै सुरक्षित् हुने हाम्ले जानेका जति ।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य