प्यारो यो गणतन्त्र छ

लेखक: प्रा. जगत् उपाध्याय (प्रेक्षित)
ठेगाना: कपन, काठमाडौँ
शैली: कविता
प्रकाशन मिति: २०८२ भाद्र १४ शनिवार
अन्धकार थियो व्याप्त धर्तीमा शून्यता थियो।
बोली बन्द थिए सारा मान्छेमा मौनता थियो ।।
कान हुन्छन् कि झैँ लाग्थ्यो भित्ताका पनि रातमा ।
कोही गर्दै छ झैँ लाग्थ्यो चिसो त्यो बात बातमा ।।
१
थिए काँडाहरू लाखौं मान्छेका मार्गमा खडा ।
थिए आसनमा जम्मै भादार बडा बडा ।।
कहाँ थिए र यी गाउँ यस्ता भव्य समुज्ज्वल ।
कहाँ थिए हजारौँ यी उच्च शिक्षलवणका थला?।।
२
तरक्क पसिना काड्दै बोकेका नुनका कथा ।
हप्तौँ हप्ता हिँडी हाट पुगेको दर्द वा व्यथा ।।
म बिर्सूँ कसरी त्यस्ता दुःख, कष्ठ र हन्डर ।
अग्ला शोषणका किल्ला, अत्याचार भयङ्कर ।।
३
चिन्डा कम्मरमा बाँधी नदी तर्दा अनेक ।
हिड्दा जङ्गलका बाटा भोग्दा कष्ठ प्रतिक्षण ।।
उपचार नपाएर मर्नुपर्ने कयौँ जन ।
पीडाच्छन्न थिए मानौँ थिए प्रत्यक दर्दिन ।।
४
कहाँ हैकम राजाको कहाँ यो लोकपध्दति ।
कहाँ औँसी अध्यारोे त्यो, कहाँ त्यो जुनको रीति ।।
पिँजडाको कहाँ बन्दी, कहाँ उन्मुक्त जीवन।
कहाँ त्यो खालको पानी, कहाँ निर्झर कञ्चन।।
५
सेता वस्त्रहरूमाथि लागेका दाग धुन्छु म ।
पखाल्छु मनका मैला, मान्छेका दिल छुन्छु म ।।
मेरो अन्तरमा सच्चा क्रान्तिको मूल मन्त्र छ।
मलाई देशका साथै प्यारो यो गणतन्त्र छ ।।
६

