29.1 C
Kathmandu

बोधराज पौडेलको कविता: आमा र राज्य

-

आमा र राज्य

लेखक: बोधराज पौडेल

ठेगाना: खोटाङ

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र १४ शनिवार

राज्य मैले खाने गाँसमा कर लगाउँछ
आमा एक गाँस थप गर्नका लागि कर लगाउनु हुन्छ
फरक यति छ आमा र राज्यमा
आमा स्वस्थ बनाउन कर लगाउनु हुन्छ
राज्य चिन्ता बढाउन कर लगाउँछ ।
मैले भात नखादा,
चिन्ताले आफूसमेत नखाने मेरी आमा
र, मैले कर तिर्न नसक्दा
मलाई सुविधाबाट बञ्चित गर्ने राज्य
म बुझ्न खोजिरहेछु फरक
आमा र राज्यमा
राज्य जनताप्रति
र, आमा सन्तानप्रति
सधैँ उत्तरदायी हुन्छ भन्थे
मैले पढ्ने किताबका शब्दहरू
के मेरो राज्य मेरी आमा जस्तै छ त ?
एउटा अनुत्तरीत प्रश्न छ मेरो
कर र करको बीचको फरकमा
आमा र राज्यप्रति

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य