धनगढी,१३ भदौं । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता बामदेव गौतम कैलालीको धनगढी आउँदै छन्। जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम १४ गते धनगढीमा हुने बैठकमा सहभागी हुने भएका हुन्।
नेकपा (एकीकृत समाजवादी) पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीका अनुसार गौतमले १४ गते हुने जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलोपटक उपत्यका बाहिर जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन्।
प्रतिक्रिया दिनुहोस्

