हरी प्रसाद सिग्देलको कविता: मेरो बाबा

Categories:

-

मेरो बाबा

लेखक: हरिप्रसाद सिग्देल

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र ७ शनिवार

मेरा लागि सपना देख्ने, क्षण क्षणको आभास दिने
मेरो सफलतामा खुसी हुने, मेरो दुःखमा मलम लाउने,
निस्वार्थ र अटल मेरा बाबा ।।

सन्तानका लागि काँडामा हिँड्ने, दुनियाँसँग मेरा लागि लड्ने,
पसिना तिरेर मेरा लागि खुसी किन्ने, मनभरि पिडा बोकी गन्तव्यमा हिँड्ने, अनन्त यात्री मेरा बाबा ।।

सही र सकारात्मक हुन सिकाउने, गलतलाई मनबाटै हटाउने,
सानालाई माया र ठुलालाई आदर गर्न सिकाउने,
मेरो गुरु मेरा बाबा ।।

माया र सद्भावले जीवन बाँच्ने, मसँगै पढ्ने मसँगै नाच्ने,
जीवनमा मसँगै हार्ने, मेरा खुसीमा जीवन बाँच्ने ,
मेरो साथी मेरा बाबा ।।

ताते ताते गर्दै हात समाई, हिँड्न सक्ने साहस दिने,
हजुर नै मेरो जीवनको सहारा,म भुल्ने छैन हजुरका अभिभारा,
मेरो उत्प्रेरणा मेरो बाबा ।।

छ बाबामा मेरो उच्च सम्मान, म छु हजुरमा दुःख नमान,
हुने छौँ सफल हजुरकै छहारीमा, हजुरकै संस्कार छ मनमा,
मेरो जीवन सचेतना मेरो बाबा ।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य