काठमाडौं,६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भंगालस्थित निवासमा दर खाने कार्यक्रम आयोजना गरेकी छन्। कार्यक्रममा एमाले नेतृहरू, पुराना महिला साथी, सहकर्मी र शुभचिन्तकहरू उपस्थित थिए।
सात वर्षको राष्ट्रपति कार्यकालमा समेत शीतल निवासमै एमाले नेतृहरूलाई दर खुवाउने परम्परा कायम रहँदा, पदबाट अवकाश पाएपछि पनि भण्डारीले यो परम्परा जारी राखेकी छन्।
भण्डारी पछिल्लो समय राजनीतिक रूपमा सक्रिय देखिएकी छन्। हालै नयाँ बानेश्वरको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेकी उनी त्यसअघि विराटनगरमा पनि भेटघाटमा व्यस्त थिइन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही भण्डारीको सक्रिय राजनीति गतिविधिमा रोक लगाएटा पनि भण्डारीले पार्टी नछोड्ने अठोट सार्वजनिक गर्दै आएकी छन्। उनको सक्रियता र विभिन्न कार्यक्रममा सहभागिताले राजनीतिक वृत्तमा चर्चा बढाएको छ।
प्रतिक्रिया दिनुहोस्



