
लेखक: नम्रता श्रेष्ठ
ठेगाना: मण्डनदेउपुर -७ काभ्रे / हाल दक्षिण कोरिया
शैली: कविता
प्रकाशन मिति: ३१ श्रावण २०८२, शनिवार
ढकमक्क फुल्यो जोवन फर्की आउन पर्देशि
संगै दुख गरौंला नि फर्क न अब स्वदेशी
टाढा भइ बस्नु भन्दा एकै छाक मा भोक टारौला
सुखमा सङै हासौ अनि दु:खमा हात समाउला
बसन्त ले तिमिलाइ खोज्छ कोइलिले बोलाउछ
तिमी लाई भेट्ने आसैमा यो मन भित्रै पोलाउछ
जीवन चलाउन पैसा अनि साथ मा तिमी चाहिन्छ
हास्दा तिमी सङै हास्न रुन तिम्रो अङालो चाहिन्छ
आफ्नो देश को माटाे मा फुल फुलाइ देउन परदेशि
मुना मदनको कथा सम्झ चाडै फर्क न अब परदेशि
प्रतिक्रिया दिनुहोस्

