चन्द्रकला बस्नेतको कविता :- अस्तित्वकाे खाेजी

Categories:

-

अस्तित्वकाे खाेजी

शैली: कविता

प्रकाशन मिति: २४ साउन २०८२

दाल खाने मस्याैरा कि, लात खाने मस्यौदा अत्ताे भएन
ल्याउन खाेजेकाे अधिकार कि, एकाधिकार पत्ताे भएन ।

समता र समानताकाे लाली गाउन सिपालु उहाँ हरु
मन्त्रालय छिर्दासम्म ,महिलाको महत्त्व भएन ।

एउटै प्रेमलाई वाँडेर,टुक्रा टुक्रा पारेर
उ छाेरी र उ छाेरीकाे सवालमा कुनै अस्तित्व भएन ।

साँचाे सुधार गर्नलाई त अन्यायकाे ख्याल हुन्छ
अधिकारलाई बेचाएर जमाएकाे कुनै प्रभुत्व भएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य