लक्ष्मणप्रसाद अधिकारीको: इच्छा

Categories:

-

इच्छा

शैली: कविता

प्रकाशन मिति: २४ साउन २०८२

ल्याओस् सब घरमा खुसी समुच्च
आओस् हर जनमा विचार उच्च!
कालो र मैलो भय मनका हटुन् सवैका
सम्बृद्धि, किर्ति यस बढून् सबका हलक्क!!
बाल र बृद्ध सबमा खुसीको बहार
रहोस् सदा प्रेमको बर्षा सत् हजार!
पिडा र भोक सबका हटुन् सदैव
आओस् सदा सबमा सत् विचार!!

सद्भाव भातृत्व बढोस नकोही पराई
मिली गरुन् कर्म राग द्वेष सबै हटाई।।
गरुन् सेवा मातृभूमीको नगरेर झेल
उठाउ जुरूक्क जन्मभूमी लौ नगरेर बेर!!

बिउझे युवा भने तब देश जुरुक्क उठ्छ
सत्कर्मी सन्तान भए आमाको मुहार हाँस्छ!
बिलम्ब नगर अव लौ बनाउन देश
बिबिध जाती भाषा अनेकतामा एक !!

हरा भरा बनुन् फाट झुलेर अन्न
चम्कोस् मुहार सबको भर पेट अन्न!
सत्कर्म रहोस् सबको नरोकिई चरण
इच्छा यहि छ प्रभुमा कर जोडी प्रणाम!!

रहोस् सदा सदा ऊच यो हिमाली शिर
फराक छाती सबको नहोस् कहिल्यै अधिर!
जाहेर गर्छु सबमा कर जोडी प्रमाण
पुकार मेरो सबमा शुभ प्रभाताी क्षणमा!!

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य