मलाई बगाउन खाेज्ने चुर्लिङ, मनहरी र गाेरङ्ती खाेलामा पुल हाल्नै बाँकी छ
म शहर छिरेपनि जनता बाँकटे हानेर बाँचिरहेका छन्
पाँच-पाँच वर्षमा सरकार बनाउन भाेट हाल्न पर्छ भनेर
फेरियाे गाउँ,
सग्ला साल हराए
अग्ला डाँडा हराए
हट्टाकट्टा ठिटाहरु हराए
सुकुमारी सपनाहरु हराए
ठिमाहा बिकासे लहर आयाे
गाविसबाट गाउँपालिका
गाउँसरकारबाट सिंहदरबार
सेता प्लेटमा हुँइकिँदै आयाे
साताे मसीकाे सही धस्काउन वडा सरकार
पार्क बन्याे, मन्दिर बन्याे, पर्व हरायाे
कालाे पिचकाे टालटुलले नैतिकता हरायाे
राताे मसालले नपुगेर घण्टी बजाउनेहरु थपिए
गाउँकाे बालुवा बेच्न ठेकेदारहर थपिए
साक्षी बस्न सर्वदलीयहरु थपिए
भागवण्डाका लागि साझेदारहरु थपिए
फेरि पनि जात्रा हरायाे, तीज हरायाे
अर्कै पाटी ठिकै हाे, आफ्नै पार्टीमा पनि
पर्दा अनुपस्थित भइदिने, बाेलचाल हरायाे,
हार्दिकता हरायाे, नसके चुनावमा उठाएर हरायाे
खाेई त साेलभञ्याङकाे माने कसले भत्कायाे
आसमानकाे घरमुनि बाटाे बनाउने भनेर
डाेजर कसले लगायाे, ब्लास्टिङ कसले हान्याे
पहरा कसले भत्कायाे, ठेकेदार कता हरायाे ?
अरु तस्बिर खिच्न लभस्ट्यान्ड बनाउँछन्
तिमी टिकटक बनाउन राेडै बनाइदिने
प्रश्न गर्न पाउने कि नपाउने ?
तिमी सेताे प्लेटका सफर गर्ने
तालतालका सिंहदरबारहरु सुन्
चंखे दमाई मनहरी आउन पुल चाहिएकाे हाे
कभर्ड हल हाेइन
मलेसिया र दुबईबाट हरदिन साथीहरु रुन्छन्
गाउँ बदलियाे, कमाइले गाउँमा उद्यम गरेर
परिवारसँग बस्न सक्छु ?
बिना साइरन असारे भलमा पनि किन आउँछ
लागुओैषध ब्युराे राष्ट्रपतिका गाउँदेखि
कुष्ठराेगी घाउ दुखेर लाेकल ठर्रा धाेकेर
मस्त निदाएकाे अर्जुन रुम्बाहरु तस्कर बन्छन्
के पढाउछाै तिमी र
बिदाका दिन मल किन्न वीरगंज गएका
सिस्टम स्याङ्तानहरु ट्यापे भएर थुनिन्छन् ?
थरिथरिका नेतालाई बाेलायाैँ
फर्सीका मुन्टामा भालेकाे झाेल खुवायाैँ
जाबीमा मह दिएर पठायाैँ
तर सधैँ किन मेराे गाउँ कर्णालीजस्तै भयाे
जहिले मेरा गाउँका मान्छे
लागुओैषध, ट्यापे भन्दा माथि गएन
आउनुहाेस्, अब गनगनले भएन
सधैँ अरु फेर्याैँ
एकपटक हामी फेरिएर हेराैँ
हामी फेरिएपछि फेरिन्छ गाउँ
अब गाउँकाे नाम हाेइन
गाउँकाे मुखिया फेराैँ
अरुलाई धेरै हेर्याैँ
अब एकपटक आफैँलाई हेराैँ ।


