शिव महिमा:
दुर्गा अधिकारी भमरकोटे
गरौँ सम्झना
साउनको महिना
शिव महिमा ।
नम: सिवाय
ॐ नमो भगवते
वासुदेवाय ।१
लम्वोदराय
गणपति गणेश
बिघ्नहर्ताय ।२
परमेश्वर
झुक्छ शिर श्रद्धाले
जगदिश्वर ।३
भन्छु सस्वर
हृदयमा बसेका
हुन्छन् ईश्वर ।४
खोज भेटिन्नन्
निराकार ईश्वर
अन्त देखिन्नन् ।५
यता नसोध
आत्मा भित्रै ईश्वर
उता नखोज ।६
हाम्रा ईश्वर
घटघट बासिन्दा
जगदिश्वर ।७
सारा संसार
ईश्वरको महिमा
अपरम्पार ।८
गर सम्झना
हरदम प्रभुको
दिव्य महिमा ।९
सेवा गरेर
दान पुण्य कर्मले
जाने तरेर ।१०
प्रतिक्रिया दिनुहोस्

