चारु (भानुको सम्झना)
नेपाली भूमि तत्त्वज्ञ व्यक्ति उदाए सर्वत्र
आदिकविको नामले यहाँ चिनाए सर्वत्र
अठारसय एकहत्तर असार महिना
जन्मिए भानु रामको गाथा चलाए सर्वत्र
बसाले जग नेपाली भाषा स्वदेश विदेश
एकत्र गर्न विभिन्न नारा उठाए सर्वत्र
प्रथम कवि भन्दछन् सबै विश्वका स्रष्टाले
रामायणको अनुवाद गरे बताए सर्वत्र
साक्षर व्यक्ति कविता भन्थे सुन्दथे जनता
रामायण श्लोक जन जिब्रोमा घुसाए सर्वत्र
सुरेश चन्द्र घिमिरे
कपन
प्रतिक्रिया दिनुहोस्

