नसुनाउ मलाई बिदाइका शब्दहरू
आउनै हुँदैन स्मरणमा, मुटु भक्कानियर आउँछ ।
बिदानदेउ बनपाखा खोलानाला ह्रदयले भन्दैछ ।।
तिम्रै काख, प्यारो छ मलाई, अमृतनै पिएको छु ।
तिम्रै छातिमा, उफ्रन पाउँदा, स्वर्गनै सम्झेको छु ।।
मेटिएको छैन नियास्रो, उकाली ओह्राली गर्नलाई ।
एक महिना एकदिन जस्तो, दिव्यअमृत लिनलाई ।।
चह्राएको छ ह्रदय, नपताए हेर ! चिरेर देखाउँछु ।
बिदाइका स्वर, नसुनाउ मलाई, मनमनै रोइदिन्छु ।।
देखिने घाउ, चिकित्सक उपचार, निको हुन्छ हो ।
प्रच्छन्न घाउलाई, शीतल पार्ने मलाम कुन….हो ? ।।
भन्छन् चराचरजगत, पटक यस खुशी मनले जाउ ।
मिल्नसाथ अनुकूलता, नाच्दै नाच्दै जन्म घर आउ ।।
समाउँदै छु गोरेटो, अमिलो मन, गन्तव्य भेट्नलाई ।।
ह्रदयङ्गम गरी, भाैतिक जीवन, दुखसुख साट्नलाई ।। – २
निम बहादुर ओली
कपन, काठमाडौं ।
प्रतिक्रिया दिनुहोस्


