लघुकथाःमनमन्दिर
प्रार्थना खनाल
सुकेधारा, काठमाण्डू।
जाऊँ न जाऊँ अहिले केही रकम जम्मा गरेको छु।
तिमीभित्रै भएको कुरालाई चिन्दैनौ ? मनबाहिर मन्दिरमा खोजेर कहॉ पाउंछौ?
शिवराम र पण्डित वीच संवाद हुंदैथ्यो।
पण्डितले शिवरामलाई बुझाउने क्रममा भने, “ तिमीमात्र हैन सबै मानिस भ्रममा छन्। परमेश्वर खोज्न मन्दिर ,तीर्थ ,ब्रत गरेर आफूलाई कष्ट दिन्छन्। आफूले नै आफैंलाई चिनेका छैनन् कसरी भगवानलाई चिन्छन् त? घुम्ने मनवहलाउने दृश्यावलोकन उद्देश्यले जाने भए तीर्थ जाऊ तर, परमात्मालाई मन्दिर गएर प्राप्त गर्छु भन्छौ भने त्यो तिमीभित्रको भ्रम हो।
“भक्तिपूर्वक दर्शन गरे भगवान भेटिन्छन् नि हैन र? त्यसैले तीर्थ। जान लागेको। “शिवराम फेरि प्रश्न गर्छन्।
अझै स्पष्ट पार्दै पण्डितले शिवरामलाई सम्झाए,”भगवानप्रति प्रेम देखाऊ। सबै प्राणी प्रेमका भोका हु्न्छन्। मानिसमात्र हैन भगवान पनि प्रेमका भोका हुन्छन्। आशक्त भएर भगवानसंग केही मागेर पूजा गर्छन्। त्यसभित्र स्वार्थ लुकेको हुन्छ। त्यसैले विना स्वार्थ हृदयदेखि नै भगवानलाई माया गर। चिन्तन र ध्यान गर तिम्रो लक्ष्य त्यसै प्राप्त हुन्छ। मन्दिर धाउनु पर्दैन। मन नै मन्दिर हो।

